You are viewing the translated version of फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोरा.

Section 54
फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोरा
(१) अदालतले फैसला वा अन्तिम आदेश तयार गर्दा देहाय बमोजिमका विवरण खुलाउनु पर्नेछः-
(क) पक्ष र विपक्षको मुख्य-मुख्य दाबी जिकिर,
(ख) निर्णय गर्नु पर्ने कानूनी वा तथ्यगत प्रश्न,
(ग) वादी र प्रतिवादीले पेस गरेको मुख्य-मुख्य प्रमाण,
(घ) पुनरावेदन भए पुनरावेदन जिकिरको संक्षिप्त बेहोरा,
(ङ) कानून व्याख्याको सम्बन्धमा उठाइएका प्रश्नहरू,
(च) कानून व्यवसायीका.बहसका मुख्य-मुख्य बुँदाहरू,
(छ) सर्वोच्च अदालतबाट प्रतिपादित सान्दर्भिक कानूनी सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने वा नहुने प्रश्नको विश्लेषण,
(ज) कसुर कायम गरिएकोमा कुन ऐनको कुन दफा अन्तर्गत गरिएको हो, सो बेहोरा,
(झ) निर्णय गर्दा लिइएका आधार, कारण तथा तत्सम्बन्धी कानून,
(न) प्रतिवादीलाई ठहर भएको कैद, जरिबाना, बिगो, शुल्क र क्षतिपूर्ति सम्बन्धी विवरण अङ्क र अक्षरमा,
(ट) सजाय गाभिने वा जोडिने कुरा,
(ठ) सजाय निर्धारण गर्दा लिइएको आधार कारण,
(ड) अनुसन्धानको क्रममा रोक्का रहेको चल अचल सम्पत्ति, राहदानी, आरोपपत्र साथ दाखिल भएका दसीका सामान वा अदालतको आदेश बमोजिम पेस भएको जेथा जमानत, नगद धरौटी वा बैङ्क जमानत जफत वा फिर्ता गर्नु पर्ने वा रोक्का वा फुकुवा के गर्नु पर्ने हो, सो विवरण,
(ढ) प्रत्यर्थी झिकाइएको भए त्यस्तो आदेशमा उल्लेख भएका कुरासँग सहमत नभएमा त्यसको कारण,
(ण) अन्य आवश्यक कुरा।
(२) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नु पर्नेमा सजाय निर्धारण सम्बन्धी निर्णय बेहोरा उल्लेख गर्नु पर्नेछ।
(३) छुट्टै सजाय निर्धारण सुनुवाई गर्नु नपर्ने मुद्दामा सजाय तोकिनुका आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(४) फैसला र अन्तिम आदेश अनुसूची-१६ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।